सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

२०७९ साउन २४, ०८:४३ खबर संवाददाता

काठमाडौँ: परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन्।  चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै तीनदिने भ्रमणमा जान लागेका हुन्।

उनी २६ गतेसम्म चीनमा रहने बताइएको छ। परराष्ट्रमन्त्री ख्काले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। उनको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्। 


 

कमेन्ट लोड गर्नुस