सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल समाजवादी पार्टीको सुदूरपश्चिम इन्चार्जमा शाह

२०७९ साउन २१, ०९:१० खबर संवाददाता

धनगढी: नेपाल समाजवादी पार्टीको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी जनक शाहलाई दिइएको छ। नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठकले शाहलाई इन्चार्जको जिम्मेवारी दिइएको हो। 

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको जनाएको छ। १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङलाई जिम्मेवारी दिइएको छ।

कमेन्ट लोड गर्नुस