सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप ६६० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२०७९ साउन २१, ०७:४२ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो।

एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४४४ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ।

सक्रिय संक्रमितमध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन्।

कमेन्ट लोड गर्नुस