सुदूर नेपाललाई विश्वसँग जोड्दै

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो

२०७९ साउन १७, ०९:३४ खबर संवाददाता

काठमाडौंः माल्दिभसलाई १.० ले पराजित गर्दै घरेलु टोली भारत भुवनेश्वरमा भइरहेको सो यू-२० च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। कालिंगा रंगशालमा भारतले माल्दिभ्समाथि दबाब बनाउँदै गोलका लागि आधा दर्जन भन्दा बढी अवसर बनाएपनि अन्तिम समयमा मात्र गोल गर्न सफल भएको थियो। भारतका लागि गुरकिरत सिंहले ९०औं मिनेटमा विजयी गोल गरे।

मंगलबार साँझ भएको खेलमा माल्दिभ्सलाई हराएपछि भारत चार खेलबाट ९ अंक जोड्दै लिगचरणमा दोस्रो भएर फाइनल पुग्यो। चार खेलबाट ७ अंक जोडेको नेपाल भने तेस्रो हुँदै बाहिरियो।

कमेन्ट लोड गर्नुस