सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको सरकारले भारतीय फौज ल्याएर भीमदत्त पन्तको हत्या गर्‍योः ओली

२०७९ साउन १७, ०४:३० खबर संवाददाता

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहिद भीमदत्त पन्तको हत्यामा नेपाली काँग्रेस संलग्न रहेको आरोप लगाएका छन्। मंगलबार तुल्सीलाल अमात्यको २५औं स्मृति दिवसकाे कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। 

‘आजकै दिन २०१० साल साउन १७ गते नेपाली काँग्रेसको सरकारले नेपाली सुरक्षा निकाय पुगेन भनेर भारतीय फौज ल्याएर देशभक्त र जनताका निम्ति काम गर्ने भीमदत्त पन्त,  जनताका महान योद्धाको हत्या गरेको थियो’  उनले भने।

डडेल्धुराका पन्तले सहादत प्राप्त गरेको ६९ वर्ष पूरा भएको उल्लेख गर्दै ओलीले काँग्रेस देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही पार्टी भएको बताएका छन्। ‘त्यसबेलादेखि अहिलेसम्म काँग्रेसको मति परिवर्तन भएको छैन। विदेशी सेना ल्याएर पन्तको टाउको काटेर बाँसको लिंगोमा झुण्डाउने लगायतका काम नेपाली काँग्रेसले गरेको थियो’ उनले भने।  

ओलीले आफू प्रधानमन्त्री हुँदा २०७२ सालमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस