नेपाल भारतसँग ८.० ले पराजित
काठमाण्डौँः २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग हार बेहोरेको छ। भुवनेश्वरमा भएको खेलमा नेपाल भारतसँग ८.० गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप सात गोल खायो।
भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले ७१, तनकधारले ७८, गुरकिरतले ९० औँ मिनेट र सुभोले इन्ज्युरी समयमा गोल गरे। यो हारसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ, नेपालको ६ अङ्क छ। आज हारे पनि नेपालको फाइनल प्रवेश सम्भावना कायमै छ।