बाजुरामा फेरि हिमपात
बाजुरामा फेरि हिमपात सुरु भएको छ । हिमपातसंगै भारी वर्षाले बाजुरावासीको जनजीवन कष्टकर बनेको छ । केही दिनदेखि बाजुराको उच्च हिमाली क्षेत्रमा हिउँ र वेसीतिर वर्षा हुदै आएकोमा बर्षा रोकिएर हिमपात सुरु भएको बडीमालिका नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । भारी वर्षाले बाजुराका ग्रामीण सडकहरु बन्द भएका छन् । हिमपात र अत्याधिक वर्षाले बाजुराका ग्रामीण सडकहरु हिलाम्मे भएर ग्रामीण सडकहरु अवरुद्ध भएको जय मालिका यातायातका कर्मचारी चक्र बडुवालले जानकारी दिए ।
यातायात बन्द हुँदा कामको लागि सदरमुकाम आउने र जानेलाई जानेलाई समस्या भएको स्थानीयहरुले बताएका छन् । बढी जसो समस्या बिरामी बालबालिका र वृद्धवृद्धाहरुलाई भएको छ । पूर्वी उत्तरी क्षेत्रको कोल्टीबाट रेफर गरेका बिरामीहरुले बढी समस्यामा परेको जिल्ला स्वास्थ्य र्र्काालयका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए । यातायात बन्द भएपछि ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको हिमाली गाउपालिकाका अध्यक्ष गोविन्द मल्लले बताए । मार्तडी कोल्टी सडक खण्डको पोरखे लेकमा ४÷५ फिट हिउँ जमेको मल्लले बताए ।