सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा कुमार थापा 

२०७९ साउन ६, ०५:५० खबर संवाददाता

काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ। आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि एन्फाले शुक्रवार थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। 

प्रशिक्षक थापाले यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गराइसकेका छन्। त्यस्तै एन्फाले महिला टोलीको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको जनाएको छ। 

प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता रहनेछ। जसमा आयोजक नेपालसँगै भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन्। नेपालले यस अघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस