सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुने एलपीएलको सातौँ संस्करण कात्तिकमा

२०७९ असार ३१, ०६:३३ खबर संवाददाता

काठमाडौंः विद्यालयस्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सातौँ संस्करणको आयोजना धनगढीमा आगामी १३ कात्तिकदेखि २६ कात्तिकसम्म हुने घोषणा गरिएको छ। विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले  मिति घोषणा गरेको हो। लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन्।

यस्तै उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहनेछ। 
 

कमेन्ट लोड गर्नुस