खेल चलिरहेकै अवस्थामा पोखरा रङ्गशालाको कभर्ड हलमा आगलागी
२०७९ असार २६, ०९:५०
कास्कीः पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेल चलिरहेका बेला आगलागी भएको छ। आज आइतवार खेल चलिरहेका बेला बिजुली शर्ट भएर आगलागी भएको हो।
कभर्ड हलभित्र सिक्स ए साइड महिला तथा पुरुष हक्की खेल चलिरहेको थियो। आगलागी भएपछि खेल स्थगति भएको छ।
पोखरा महानगरपालिकाको वारुण यन्त्रले आगो निभाएको छ। आगलागीबाट के, कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस