स्वतन्त्रप्रति नागरिकको भर
-द्वारिकाप्रसाद उपाध्याय
नेपालमा राजनीतिक दलको इतिहास हेर्ने हो भने राणाकालमा स्थापना भएको नेपाल प्रजा परिषद् नै पहिलो पार्टी हो। जसको उद्देश्य राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्नुथियो। जुन विस २००७ सालमा आएर प्राप्त भयो। त्यसपछि नेपालमा अन्य राजनीतिक दलहरु स्थापना भए।
राजनीतिक प्रक्रियाको केन्द्रविन्दु पनि राजनीतिक दल हुन्। रानितिक दललाई मुख्यतया ३ भागमा विभाजन गर्न सकिन्छ। वामपन्थी, दक्षिणपन्थी र मध्यमार्गी। वामपन्थी विचारधारा भएका दलहरु समाजलाई अग्रगामी रुपान्तरण गर्न अहिलेको राज्य संरचनालाई पुरै परिवर्तन गरेर आन्दोलन वा क्रान्तिको माध्यमबाट मात्र परिवर्तन सम्भव छ भन्ने मान्यता राख्दछन्। दक्षिणपन्थी चहीँ परिवर्तन चाहदैनन्। अहिलेको संरचना टिकाउन प्रयत्नरत हुन्छन्।
दक्षिणपन्थीलाई यथास्थितिवादी पनि भन्न सकिन्छ। त्यसैगरी मध्यमार्गी परिवर्तन चाहन्छन् तर आन्दोलन वा क्रान्तिबाट नभई भइरहेको संरचनामा सुधार गरेर परिवर्तन गर्न सकिन्छ भन्ने विचारअनुरुप अगाडि बढेका हुन्छन्।
स्वतन्त्रत भन्नाले प्रतिबन्ध, दबाब र निश्चित सीमाहरु भन्दामाथि उठेको विचार, अभिव्यक्तिलाई यसकोे सामान्य परिभाषाको रूपमा लिन सकिन्छ। स्वतन्त्रको विपरितार्थ बन्धन÷दमन हुन्छ। स्वतन्त्रको हकमा एउटा चरालाई हेरे पुग्छ। जब आकाशमा हुन्छ, आकाश उसकै हुन्छ। जब पिँजडामा हुन्छ, पिँजडा पनि उसकै हुन्छ। हामीले नोटिस गर्नुपर्ने कुरा कहाँनेर हो भने, पिँजडाविरुद्ध आकाश कि आकाशविरुद्ध पिँजडा ?
स्वतन्त्रतको सीमा हुँदैन, सीमा नभएकै कारणले स्वतन्त्रताको अवधारणा आएको हो। हामी पूर्णरूपमा स्वतन्त्र हुन सकेका छैनौँ, आ–आफ्ना बाध्यतामा सीमित छौँ, तर त्यही सीमितता तोड्ने प्रयास नै स्वतन्त्रताको लडाईं हो। जस्तै, पृथ्वीको गुरुत्व हाम्रो सीमा हुन्थ्यो तर मान्छेले आफ्नो स्वतन्त्रतामा बाधक रहेको सिमानाहरूलाई यसरी तोड्यो कि मान्छे आज आकाशमा मात्रै होइन, त्यो भन्दामाथि, अन्तरिक्षमा पनि विचरण गर्छ।
त्यसकारण सीमा यदि छन् भने त्यसलाई तोड्ने मात्रै मान्छेको उद्देश्य हुन्छ। सिमाना छ भने पनि म त्यसलाई तोड्ने कुरामा विश्वास गर्छु। त्यसैले स्वतन्त्रताको सीमा हुँदैन, बरु सिमानाको भेदन मात्रै हुन्छ ।स्वतन्त्रताको सम्मान गर्ने भाष्य लागू हुने हो। तर स्वतन्त्रताको अभियानलाई दबाउन आजको असमान समयमा यो भाष्य प्रयोग गर्ने गरिएको छ जुन दुःखद छ।
२००७ सालदेखि झण्डै ३० वर्ष पञ्चायती व्यवस्था अन्त्यका लागि पञ्चविरुद्द अविछिन्न रुपमा आन्दोलनमा होमिएका सहयात्री बामपन्थी र दक्षिणपंथीहरु मिली सरकार संचालन गर्नु पर्नेमा व्यक्तिगत स्वार्थ, बैमानस्यता र सत्ता प्राप्तिका निम्ति जसविरुद्द ३० बर्ष एकढिक्का भएर लडेका दलहरु २० सिटे राप्रपालाई विभाजन गरी सहयात्री दलको सरकार ढाले। ५ वर्ष नपुग्दै विस २०५३ मा लोकेन्द्रबहादुर चन्दले एमालेको समर्थनमा सरकार गठन र चन्दपछि कांग्रेसको सहयोगमा सूर्यबहादुर थापा जस्ता पञ्चहरुकै(जसकाविरुद्द ३० वर्ष लडे उनैलाई टाउके मानेर) नेतृत्वमा सरकार गठन गर्न पनि पछि परेनन।
यो पितराजनीतिको चक्र अहिलेसम्म पनि निरन्तर चलिरहनु, योभन्दा अराजनीतिक र लज्जास्पद संसारमा नै के हुन सक्छ र ? छातीमा राखेर एकपटक सोचौंै, मननः गरौं के हर्क, बालेन र गोपी हमालहरु दलबाट जितेका भए के नक्सा अनुसारका खोलनाला लगायतका १ महिनामा यतिका विधि काम गर्न सक्थे र ?
अतः दलगत गुट–उपगुट, जातिगत, धार्मिक, क्षेत्रीय, भेगीय तथा साम्प्रदायिक फोहोरी राजनीती त्यागौ र सधैका लागि सबैका लागी स्वतन्त्रमा एकपटक मत दिने कुरामा दुई मत नगरौ।
(लेखक विगत १० वर्षदेखि व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएका छन्।)