सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो रहनेछ आगामी तीन दिनको मौसम

२०७९ असार १७, ०८:२५ खबर संवाददाता

धनगढी: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको बुलेटिन अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। आईतबार पनि देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस