सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाराष्ट्रको मुख्यमन्त्री बने एकनाथ शिन्दे  

२०७९ असार १७, ०६:००

एजेन्सी: शिवसेनाबाट विद्रोह गरेका एकनाथ सिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन्। बुधबार सर्वोच्च अदालतले विश्वासको मत लिनुपर्ने फैसला गरेपछि मुख्यमन्त्री उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

ठाकरेको राजिनामापछि सबैको नजर शिन्देको आगामी कदममा नजर थियो। राजनीतिक विश्लेषकहरुले सिन्देको समर्थनमा महाराष्ट्रका पूर्व मुख्यमन्त्री र भाजपा नेता देवेन्द्र फडणवीस पुनः मुख्यमन्त्री बन्ने चर्चा आंकलन गरेका थिए। तर अनुमानविपरित फडणवीसले आफैले महाराष्ट्रको आगामी मुख्यमन्त्रीका रुपमा एकनाथ शिन्देको नाम घोषणा गरे। 

सिन्दे र फडणवीसले महाराष्ट्रका गर्भनर भगत सिंह कोशियारीसँग भेटेपछि यस्तो घोषणा आएको हो। भाजपाले नयाँ सरकारको गठनको लागि आफूहरुसँग १७० विधानसभा सदस्यको समर्थन रहेको दावी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस