सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक फार्मेसी शील

२०७९ असार १६, ०९:२९ खबर संवाददाता

धनगढीः धनगढीको एक फार्मेसी शील गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगञ्जले धनगढीमा बिना दर्ता सञ्चालनमा रहेको औषधि पसल सिल गरेको हो। विभागले धनगढीमा रहेको शिखर मेडिकल शिलबन्दी गरिएको विभागका फार्मेसी निरिक्षक दिपेन्द्रकुमार साहले जानकारी दिए। विभागले असार ९ देखि १५ गतेसम्म बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका ३५ वटा औषधि पसलहरुको अनुमगन गरेको थियो।

जसमा बर्दियामा रहेको बर्दिया पब्लिक अस्पतालको फार्मेसी पसललाई पनि  शिलबन्दी गरिएको छ। दर्जनभन्दा बढी औषधि पसलहरुलाई कारबाहीका लागि पत्र काटिएको निरिक्षक साहले बताए। अनुगमनको क्रममा औषधि पसलहरुमा व्यवसायी/फर्मासिस्ट नभएको, दर्ता नभएको औषधि सञ्चय गरेर राखेको, लागू तथा मनोद्दिपक औषधिहरुको सुरक्षित भण्डारण र रकेर्ड नराखेको, नियमित बिक्रि वितरणको बिल दिने नगरेको समेत पाइएको थियो।

कमेन्ट लोड गर्नुस