सुदूर नेपाललाई विश्वसँग जोड्दै

माछा पोखरीमा डुबेर बालकको मृत्यु

२०७९ असार १६, ०९:२१ खबर संवाददाता

झापाः माछा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका ४ नयाँबस्तीस्थित माछा पोखरीमा सोही ठाउँ बस्ने भिमबहादुर लिम्बुका छोरा ११ वर्षीय रिसान लिम्बुको बिहीबार दिउँसो मृत्यु भएको हो।

खेल्ने क्रममा रिसान उक्त पोखरीमा डुबेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनलाई उद्धार गरी पब्लिक केयर अस्पताल बनियानी पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस