सुदूर नेपाललाई विश्वसँग जोड्दै

जागिर दिन्छु भन्दै नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा फेन्सी सञ्चालक पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७९ असार १६, ०६:२९ खबर संवाददाता

धनगढीः पोखराको चिप्लेढुंगास्थित शिला फेन्सी स्टोर्सका सञ्चालक छविलाल गौतम १५ वर्षीया नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। आफ्नै फेन्सी स्टोर्समा जागिर लगाइदिने भन्दै नाबालिगलाई बुधबार बिहान बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडित परिवारले दिएको जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार पीडित नाबालिगको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइसकेको छ।

कमेन्ट लोड गर्नुस