सुदूर नेपाललाई विश्वसँग जोड्दै

हैजाको उपचारका लागि पाटन अस्पतालमा छुट्टै डेस्क स्थापना गरिने

२०७९ असार १३, ०८:४८ खबर संवाददाता

काठमाडौं: हैजाको उपचारका लागि पाटन अस्पतालमा छुट्टै डेस्क स्थापना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क स्थापना गरिने भएको हो।  

जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ। आइतबार बसेको जिल्लाका सुरक्षा अधिकारी, पालिका, जनस्वास्थ्य अधिकृत, काठमाडांै उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्याङ्कर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको स्वास्थ्य समस्याको उपचारका लागि पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो।

कमेन्ट लोड गर्नुस