सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा ५ दिनमा ७० हजार बढी कोरोना सङ्क्रमित थपिए

२०७९ असार १३, ०५:४१

काठमाडौं: भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा भारतमा थप ११ हजार ५७८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्युसमेत भएको छ। 

पाँच दिनको अन्तरालमा नै सङ्क्रमितको सङ्ख्या ७० हजार २६५ ले वृद्धि भएको छ। योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ९१ हजार ६१ पुगेको छ। एक दिनअघि भारतमा १५ हजार ९४० जना सङ्क्रमित थपिएका थिए भने २० जनाको मृत्यु भएको थियो। देशमा सङ्क्रमण दर बढेर ४.३९ पुगेको छ। बिहीबार १७ हजार ३३६ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने १३ जनाको मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस