सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नाइट क्लब’ मा १७ जना मृत भेटिए

२०७९ असार १२, ०९:५३ खबर संवाददाता

दक्षिण अफ्रिकाको दक्षिणी सहर पूर्वी लन्डनमा रहेको एक रात्रि कल्ब (नाइट क्लबमा) मा आइतवार कम्तीमा १७ जना मानिस मृत फेला परेका प्रहरीले जनाएको छ।

के, कति कारण ती व्यक्तिहरूको ज्यान गएको हो भन्नेबारेमा विवरण भने प्राप्त भएको छैन। 

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको ज्यान गएको रिपोर्ट प्राप्त गरेका छौँ’, प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई जानकारी दिए। 

घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान भइरहेको पनि उनले बताएका छन्। 

कमेन्ट लोड गर्नुस