सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेल सम्बन्धी संस्थाहरुको संस्थागत सुुशासनका लागि दुुई दिने तालिम सुुरु

२०७९ असार १२, ०६:३२ खबर संवाददाता

धनगढी: कैलालीमा खेल सम्बन्धी संस्थाहरुको संस्थागत सुुशासनका लागि दुुई दिने तालिम सुुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको व्यवस्थापन तथा सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा कैलालीको चुरे गाउँपालिकामा सो तालिम सुुरु भएको हो। मञ्चका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको तालिमको चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले ब्यानरबाट हस्ताक्षर गरेर समुदघाटन गरेकी थिइन्।

सो अवसरमा बोल्दै उपाध्यक्ष थापाले खेलकुद क्षेत्रबाटै वडा, स्थानीय तह र जिल्लालाई पहिचान गराउन सकिने बताइन्। उनले भनिन् ‘खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग र समन्वय गर्न तयार छ।’ उनले खेलकुदले मानिसलाई स्वस्थ राख्न पनि टेवा पुर्याउने बताइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले मञ्चले प्रदेशमा खेलकुदको विकासमा थप बल दिइरहेको बताए। उनले खेलकुद मंचमा आवद्ध पत्रकारकै कारण यस प्रदेशमा ओझेलमा रहेका खेल क्षेत्र र खेलाडीहरुलाई देशभरी चिनाउन कलममार्फत योग्दान पुर्याइरहेको बताए।

मञ्चका उपाध्यक्ष श्रवण देउवाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भानुुभक्त आचार्यले गरेका थिए।  तालिममा कान्तिपुरका खेलकुद पत्रकार हिमेश ब्रजाचार्य, खेलकुद पत्रकार मञ्चका गोविन्दराज नेपाल, विराट जंग रायमाझि, अञ्जन खड्का लगायत प्रशिक्षक रहेका छन्।

कमेन्ट लोड गर्नुस