सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका नदीहरुको बहाव बढ्ने अनुमान, सतर्कता अपनाउन आग्रह 

२०७९ असार १२, १०:३५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा पर्ने महाकाली, कर्णाली तथा त्यसका सहायक नदीहरुमा  पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। 

अबका तीन दिनसम्म प्रमुख नदीहरू महाकाली, कर्णाली चिसापानी, पश्चिम सेती तथा अन्य साना नदीहरूको बहाव सामान्य मात्र बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले कैलाली, कञ्चनपुर, डोटी, अछाम र आसपास भइ बग्ने साना नदीहरुको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस