सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरको छतबाट लडेर महिलाको मृत्यु 

२०७९ असार १२, १०:२४ खबर संवाददाता

काठमाडौं: महोत्तरीमा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। महोत्तरीको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर जलेश्वर नगरपालिका–४ सुगागाउँकी २६ वर्षीया पुनम महतोको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उनी गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी थिइन्। छतमा सुकाएका कपडा लिन गएकी उनको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस