सुदूर नेपाललाई विश्वसँग जोड्दै

नर्वेको नाइटक्लबमा गोली चल्दा दुई जनाको मृत्यु

२०७९ असार १२, ०५:३८

एजेन्सी: नर्वेको राजधानी ओस्लोमा रहेको नाइटक्लब र वरपरको भीडमा अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्। नर्वेजियन प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले यो जानकारी दिएको हो।

प्रहरीले यस घटनामा एकजना संदिग्ध पक्राउ परेको र उसले एक्लै घटना गराएको हुनसक्ने बताएको छ। प्रहरीका अनुसार ओस्लोको प्रसिद्ध गे बार ‘लन्डन पब’ लगायत नजिकैको क्लब र सडकमा गोली प्रहार भएको थियो। गत वर्षको अक्टोबरमा नर्वेमा धनुष र बाणको आक्रमणमा परी धेरैको मृत्यु भएको थियो। यो महिना अमेरिकामा पनि गोलीबारीका धेरै घटनाहरू सार्वजनिक भएका छन्।

कमेन्ट लोड गर्नुस