सुदूरपश्चिमको बजेट पढ्न तयार अर्थमन्त्री मल्ल
२०८३ असोज २५, ०२:१४
धनगढीः आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै छ। मन्त्रिपरिषद्बाट बजेट पारित गरेर केही बेरमा प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट वक्तव्य प्रस्तुत गर्ने तयारी छ।
केहीबेरमा सुरु हुने प्रदेशसभा बैठकमा अर्थमन्त्री मल्लले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य वाचन गर्नेछन्।
कमेन्ट लोड गर्नुस