सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा नेपालको सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी जोशीलाई

२०७९ असार ११, ०४:०२ खबर संवाददाता

धनगढीः राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीलाई दिइएको छ। धनगढीमा जारी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमका क्रममा उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो।

पार्टी अध्यक्ष कमल थापाले जोशीलाई जिम्मेवारीसहित बधाई र शुभकामना दिएका छन्। जोशी यसअघि केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। उनी विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न छन्।

कमेन्ट लोड गर्नुस