सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहज बन्यो गौरीफन्टा नाकामा आवतजावत

२०७५ फाल्गुन ७, ०२:३८ नवराज पनेरु

नेपाल–भारत गौरीफन्टा नाकामा मंगलवार आवतजावत सहज भएको छ। भारतीय एसएसबीले सोमवार दिउँसोदेखि आवतजावत गर्दा परिचयपत्र माग्न थालेपछि गौरीफन्टा नाकामा असहज बनेको आवातजावत आज भने सहज भएको हो। आज निर्वाध रुपमा आवतजावत गर्न दिईएको राजस्व तथा भन्सार सुरक्षा गुल्म हेडक्वाटर नम्बर ५३ का सशस्त्र प्रहरी नायब उपरिक्षक देवबहादुर चन्दले बताए। सोमवार दिउसोदेखि आवतजावतमा रोक लगाईएपछि धेरै नेपाली अलपत्र परेका थिए। उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीले एसएसबीसँग आपसी समझदारी गर्दै साँझ गन्तव्यतर्फ पठाएको थियो। 

एसएसबीका अनुसार भारतको मथुरा जाने बसको टिकट काट्दै आएका धनगढीका मिलन परियार र टिङ्कु पोखरेल आईतबार गौरीफन्टा नाका भएर जान खोज्दा मोटरसाईकलको  कागजपत्र नभएको भन्दै फिर्ता पठाईएको थियो। तर ती नेपाली चोरी नाका भएर बनगाउँ बजारबाट सामान ल्याएर गौरीफन्टा नाका भएर फर्किएपछि एसएसवीले पक्राउ गरेको थियो।

एसएसबीले उनीहरुमाथी कुटपिट गरेपछि सीमामा विवाद बढेको थियो। सोही विषयलाई लिएर एसएसबीका इन्चार्ज सन्तराम बरारले परिचयपत्र भएकाहरुलाई मात्र आवातजावत गर्न निर्देशन जारी गरेका थिए। आज भने नियमित चेकजाँच गरेर आवतजावत गर्न दिईएको राजस्व तथा भन्सार सुरक्षा गुल्म हेडक्वाटर नम्बर ५३ का सशस्त्र प्रहरी नायब उपरिक्षक चन्दले बताए।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस