सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

२०७९ असार ८, ०५:५६

एजेन्सी: बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन्। हडताल समाप्तिको लागि भएको वार्ता असफल भएको बताइएको छ। रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नो कामबाट बाहिरिएका छन्। 

रेल र लन्डन भूमिगत स्टेशन मङ्गलबार बिहान बन्द भएपछि मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ। लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो। यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन्। सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुनः आएको उनले बताए।  

कमेन्ट लोड गर्नुस