बैतडीका सिडिओको सरुवा, पन्थी आउँदै
बैतडी: बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको सरुवा भएको छ। पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको बताइएको छ। पाण्डेको ठाउँमा सुरेश पन्थी सिडिओको रुपमा आउने बताइएको छ।
हालै सहसचिव भएका पन्थी बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउने जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। नयाँ प्रमुख जिल्ला अधिकारी पन्थी सोमबारसम्म जिल्ला आइपुग्ने उनले बताए।