सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रदेश स्तरीय खेलकुद सुरु

२०७५ फाल्गुन ३, ०७:२८ खबर संवाददाता

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छान्न सुदूरपश्चिम प्रदेश स्तरीय छनोट प्रतियोगिता  आजदेखि सुरु भएको छ । सुदूरपश्चिम खेलकुद विकास समिति क्षेत्रीय रंगशाला धनगढीमा शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिता उद्घघाटन गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार खेलकुद क्षेत्रलाई अगाडि बढाउन लागिपरेको बताउनुभयो । सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका संयोजक लालबहादुर शाहीले प्रतियोगिता २८ गतेसम्म चल्ने जानकारी दिनुभयो । यो अवधिमा विभिन्न २८ वटा खेलका छनोट प्रतियोगिताहरु गरिनेछन् ।

प्रदेश स्तरीय खेलबाट उत्कृष्ट खेलाडी आठौं राष्ट्रिय खेलका लागि छनोट हुने शाहीले बताउनुभयो । जिल्लास्तरबाट छनोट भएर प्रदेश स्तरीय खेलमा सहभागी खेलाडीलाई खाना, बस्न, यातायात सुविधा सरकारले व्यवस्था गरेको छ । प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाका खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा समावेश २८ विधामा महिला र पुरुष खेलाडीको सहभागिता छ ।
 

कमेन्ट लोड गर्नुस