सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित धनगढीका ४ जना पक्राउ

२०७९ जेठ १५, १०:५९ खबर संवाददाता

कन्चनपुर: कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। शनिवार साँझ जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहा मसानघाटबाट १५ दशमलव ९८ ग्राम लागूऔषध खैरो हिरोइनसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का  कालुराम राना छन्। 

से५प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११ दशमलव ५९ ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धानको भइरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस