सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार राधिका जोशी राप्रपाको केन्द्रीय प्रचार विभागमा मनोनित

२०७९ जेठ १२, ०९:१२ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभाग लाई विस्तार गरेका छन्। अध्यक्ष लिङ्देनले विभागमा चार जना सदस्य नियुक्त गरेर विभाग विस्तार गरेका हुन्।

विभागमा लामो समयदेखी सक्रिय पत्रकारीता गर्दै आएकी पत्रकार राधिका जोशी कञ्चनपुरलाई पनि नियुक्त गरिएको छ। उनि विगत डेड दशक देखी टेलिभिजन पत्रकारीतामा सक्रिय छिन्। राप्रपा प्रति आस्था राख्ने जोशी राप्रपाका पत्रकारहरुको सुभेच्छुक संस्था मिडिया नेपालमा समेत केन्द्रीय कोषाध्यक्षको भूमिकामा काम गरिसकेकी हुन्। 

यस्तै विभागको सदस्य सचिवको जिम्मेवारी  सुन्दर पाण्डे नुवाकोटले पएका छन्। पाण्डेले वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शिवपुरी गाउँपालिकामा राप्रपाको तर्फबाट पालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। यसैगरी कमलराज श्रेष्ठ दोलखा र सञ्जिव न्यौपाने भक्तपुर पनि प्रचार विभागमा थपिएका छन्। यतिबेला लिङ्देनले धमाधम विभागहरु गठन गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस