कञ्चनपुरको भीमदत्त–६ मा काँग्रेसका खड्काको प्यानलसहित विजयी
२०७९ जेठ ८, ०६:१४
धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र खड्का प्यानलसहित विजयी भएका छन्। उनी १३५८ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ७५१ मत पाए। राप्रपाका उम्मेदवारले ५२५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २४९ मत पाए।
कमेन्ट लोड गर्नुस