सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले अफगानिस्तानसँग २ वटा मैत्रीपूर्ण फुटबल खेल्ने

फाइल फोटो
फाइल फोटो
२०७९ वैशाख ४, ०८:२८ खबर संवाददाता

काठमाण्डौँः नेपाली राष्ट्रिय टोलीले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

नेपाल र अफगानिस्तानबीच कतारको दोहामा आउँदो जेठको ११ र १५ गते मैत्रीपूर्ण खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ। 

एसियन कप फुटबल छनोटको तयारी गरिरहेको नेपालले छनोटअघि मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। 

आउँदो जुनमा हुने छनोटका लागि नेपाल कुवेत, इन्डोनेसिया र जोर्डनसहित समूह ’ए’ मा रहेको छ। 

हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली आउँदो वर्ष हुने एसियन कप फुटबलका लागि छनोट हुनेछन्। 

कमेन्ट लोड गर्नुस