सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल प्रकरणः गायिकाका बुबाले पनि फेरे बयान, दबाबमा मुद्दा दर्ता गराएको दाबी

२०७९ वैशाख ४, ०५:५१ खबर संवाददाता

काठमाडौँः अभिनेता पल शाहले आफ्नी नाबालिग छोरीमाथि पटक पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका बुबाले पनि बयान फेरेका छन्। नाबालिग पीडित गायिकाको तर्फबाट प्रहरीमा जाहेरी दिएका ती बाबुले आइतवार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा सुरुमै बयान फेरेका हुन्। 

बकपत्र गराउने क्रममा उनले पलविरुद्ध प्रभाव र दबाबमा परेर बलात्कार मुद्दा दर्ता गराएको भन्दै बयान फेरेका हुन्। त्यसअघि सुरुमा सुरुमा पीडित नाबालिगको पनि बकपत्र गरिएको थियो। उनले पनि आफूलाई पलले बलात्कार नगरेको भन्दै होस्टाइल भएकी थिइन्। 

ती नाबालिगले पनि दबाब र प्रभावमा परेर पलविरुद्ध उजुरी दिएको बकपत्र अदालतसमक्ष गराएकी छन्। अहिले जाहेरवाला बुबाको बकपत्र जारी छ। दुवैजनाले बयान फेरेपछि अब यो प्रकरणले नयाँ मोड लिएको छ। पीडित पक्ष र पीडक भनिएका पलको यो बकपत्रलाई अदालतले प्रमाणित गरेपछि फैसला गर्दा यसलाई पनि प्रमाणका रुपमा लिइन्छ। अदालतले अब साक्षीहरूसँग पनि बकपत्र गराउँछ । तनहुँको बकपत्र सकेर अब पललाई पूर्वी नवलपरासी लगिनेछ। अब नवलपरासी अदालतमा शाहको बकपत्रका वैशाख ७ गते हुँदैछ। त्यसअघि तनहुँमा आइतवारदेखि बकपत्र भएको हो। पलविरुद्ध २०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा फागुन ११ गते ती बाबुले जाहेरी दर्ता गराएका थिए। 

त्यसपछि गत फागुन १५ गते आफैं तनहुँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो। 

कमेन्ट लोड गर्नुस