सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंकहरुले बढाएको चर्को ब्याजदर विरुद्ध धनगढीमा हस्ताक्षर अभियान

हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोवल आईएमइ बैंकका अध्यक्ष चन्द्र ढकाल
हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोवल आईएमइ बैंकका अध्यक्ष चन्द्र ढकाल
२०७५ माघ २१, ०६:५० खबर संवाददाता

बैंकहरुले उद्योग धन्दा नै बन्द हुने गरी ऋणको ब्याज वढाएको भन्दै त्यसको विरोधमा धनगढीमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा हस्ताक्षर अभियान सुरु गरिएको हो। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको सुदूरपश्चिम महोत्सवमा हस्ताक्षर संकलनका लागि एउटा स्टल नै राखिएको छ। 

बैंकहरुले तरलता अभावका नाममा ब्याजदर बृद्धि गरेर अप्ठेरोमा पारेको भन्दै कैलाली उद्योग वाणिज्य संघको अनुवाईमा यसअघि धनगढीमा विरोध प्रदर्शन पनि भएको थियो। राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड दर) को सीमा समेत नाघ्ने गरि बैकहरुले कर्जाको ब्याज दर बृद्धि गरेको भन्दै व्यवसायीहरुले त्यसलाई घटाएर ८ प्रतिशत कायम गर्न हस्ताक्षर अभियान सुरु गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस