आसाममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु, ३५ जना बिरामी
एजेन्सी: भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ। आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको हो।
गत सोमवार चार जनाको र मङ्गलवार नौ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै च्याउ खाएर बिरामी परेका ३५ जनाको उपचार भइरहेको छ। उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताएका छन्। उनीहरुलाई च्याउ खाएपछि पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको बताइएको छ।