नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित
काठमाडौं: एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा सोमबार ताजिकिस्तानसँग ११-१ गोल अन्तरले पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो।
नेपालले सुरुआती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो। पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल व्यहोरेको थियो। यसअघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो। छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग मंगलबार खेल्नेछ।