सिटी र लिभरपुलको रोमान्चक बराबरी
एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाडेका छन्।
आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।
इतिहास स्टेडियममा घरेलु टोली सिटीले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ।
यस बराबरीसँगै लिगको उपाधि होड थप रोमान्चक बन्दै गएको छ।
यस बराबरीसँगै सिटीले ३१ खेलमा ७४ अंक जोडेको छ। सिटी शीर्ष स्थानमा रहेको छ। लिभरपुल ३१ खेलमा ७३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।