सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बौलाहा श्रीमती लेखेका वडा अध्यक्ष विरुद्ध उजुरी

२०७५ माघ २०, ०६:३७

बाजुराको हिमाली गाँउपालिका वडा नम्बर ७ को  अध्यक्ष जयबहादुर अधिकारी विरुध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। अध्यक्षले हस्ताक्षर गरेको सिफारिसमा बौलाहा श्रीमती शब्द राखिएको भन्दै उजुरी परेको हो। वडा कार्यालयको च.न १ सय ३९ का मालपोत कार्यालयमा गरिएको सिफारिसमा बौलाहा श्रीमतीले लालपुर्जा च्याती जलाइदिएपछि प्रतिलिपी पाउन भनेर उल्लेख गरिएको छ । 


अमर्यादित शब्दसहित सिफारिस गर्ने वडा अध्यक्षलाई कारबाही माग गर्दै दलित अधिकारकर्मी गोरख सार्कीले आज जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दर्ता गराएका छन्।
कमेन्ट लोड गर्नुस