आइपिएलमा हैदराबाद ८ विकेटले विजयी
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) मा साविक विजेता चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध सनराइजर्स हैदरावादसँग ८ विकेटले विजयी भएको छ। हैदराबादको यो पहिलो जित हो। उसले यसअघि लगातार दुई खेलमा हार बेहोरेको थियो। तेस्रो खेलमा चेन्नईले दिएको १५५ रनको लक्ष्य हैदराबादले १७.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। उसका लागि अविषेक शर्माले ७५ रनको उत्कृष्ट पारी खेले। ५० बलको सामना गरेका उनले पाँच चौका र तीन छ्क्का प्रहार गरे।
राहुल त्रिपाठी ३९ रनका अविजित रहँदा कप्तान केन विलियमसनले ३२ रन जोडे। चेन्नईका लागि मुकेश चौधरी र ड्वेन ब्राभोले एकरएक विकेट हात पारे। यो जितसँगै हैदराबाद अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । चार खेल लगातार हार बेहोरेको अंकविहीन चेन्नई नवौँ स्थानमा छ।