सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधसहित एकजना पक्राउ

२०७८ चैत्र २१, ०९:०४ खबर संवाददाता

काठमाडौंः लागुऔषधसहित एकजना पक्राउ परेका छन्। सिन्धुली, कमलामाई नगरपालिका ९ भिमानबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ६ सय ट्याब्लेटसहित सर्लाही मलंगवा नगरपालिका ३ बस्ने १९ वर्षीय फुल महमद अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

बर्दिबासबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ ज ३८७४ नम्बरको सुमोलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार अन्सारीलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस