जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी
बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ। आज बिहान ६ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको कार्यालयले जनाएको छ।
आगलागीबाट एक लाख रुपैयाँभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ। कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो। आगो प्रहरी जवान र बजारवासीको सक्रियतामा नियन्त्रणमा आइसकेको बताइएको छ। रासस