टी-२० फाइनलः टस हारेर ब्याटिङ गर्दै नेपाल
२०७८ चैत्र २१, १२:३५
काठमाडौंः त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ। नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपाली टिममा एक परिवर्तन गरिएको छ। लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको स्थानमा आज सोमपाल कामी खेल्दैछन्।
कमेन्ट लोड गर्नुस