सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका ७८ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

२०७८ चैत्र २०, ०४:५१ खबर संवाददाता

बैतडी: बैतडीका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ। १५ महिनादेखि १५ वर्षसम्मका ७८ हजार बालबालिकाहरुलाई खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

उनीहरुलाई ५ सय ८६ खोपकेन्द्रबाट खोप दिइने छ। जसका लागि ६२० स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वयंसेवक खटाइने स्वास्थ्य प्रमुख भट्टले बताए। टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप पहिलो पटक दिन लागिएको हो। 
 

कमेन्ट लोड गर्नुस