सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटोको ठक्करबाट आमा छोरा घाइते

२०८१ असोज १८, ०५:३५ खबर संवाददाता

धनगढीः कैलालीमा अटो र स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१३ मा सुदूरपश्चिम प्रदेश ०१००१ह ३९११ नम्बरको अटोको ठक्करबाट सुदूरपश्चिम प्रदेश ०१०११प ३२९२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमा छोरा घाइते भएका छन्।

घाइते हुनेमा स्कुटर चालक गोदावरी नगररपालिका–५ की ३२ वर्षीया सुशिलाकुमारी शाह र उनका १० वर्षीय छोरा शिवन चन्द रहेका छन्। घाइते दुबै जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। अटो चालक बैतडीको दशरथचन्द नगरपालिका–२ का मदन बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस