सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्पादकीय: गलत समाचारप्रति क्षमायाचना

२०८२ फाल्गुन २२, १२:४४ Dineshkhabar Desk

धनगढीः प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनासम्बन्धी समाचार प्रकाशनका क्रममा दिनेश खबरबाट तथ्यगत त्रुटि भएकोप्रति हामी क्षमायाचना गर्दछौँ। “ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी” शीर्षकमा प्रकाशित समाचारमा आधिकारिक परिणाम सार्वजनिक नहुँदै गलत सूचना समावेश हुन पुगेको थियो।

समाचार सम्पादन तथा प्रकाशन प्रक्रियामा भएको उक्त त्रुटिलाई गम्भीर रूपमा लिँदै सो समाचार दिनेश खबरको वेबसाइटबाट हटाइएको छ। सम्बन्धित निर्वाचन क्षेत्रको आधिकारिक मत परिणाम अझै सार्वजनिक हुन बाँकी रहेको अवस्थामा गलत सूचना प्रकाशन हुन गएकोप्रति हामी पाठक, सम्बन्धित पक्ष तथा सरोकारवालाप्रति क्षमा प्रार्थी छौँ।

भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन तथ्य पुष्टि गर्ने प्रक्रियालाई अझ कडाइका साथ पालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ। दिनेश खबर सधैँ सत्य, विश्वसनीय र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध रहनेछ। -सम्पादक

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस