सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लाग्दा २२ वर्षीया युवतीको मृत्यु

२०८३ साउन ११, ०२:३१ खबर संवाददाता

बैतडी: बैतडीमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक युवतीको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिका–१ कलौनकी २२ वर्षीया अस्मिता भट्ट सोमबार बिहान घाँस काट्न सुर्नया गाउँपालिका–२ स्थित कैलडाँडा पुगेकी थिइन्। सोही क्रममा जमिन भासिएर माथिबाट खसेको ढुङ्गा लाग्दा बिहान करिब ९:३० बजे घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस