टस हारेर नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै
काठमाडौंः घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी २० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ। मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ।
यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ। आज नेपालको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ सेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद अदिल आलम, करण केसी, दीलिप नाथ, आरिफ शेख, सन्दीप लामिछाने, कमलसिंह ऐरी र अविनाश बोहोरा रहेका छन् ।
नेपाल यसअघि पपुवा न्यूगिनीलाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो। मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ। मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ।