सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय आयल कर्पोरेसनले इन्धनको नयाँ मूल्यसूची पठायो

२०७८ चैत्र १८, ०६:२३ खबर संवाददाता

काठमाडौँः भारतीय आयल कर्पोरेसन(आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। अप्रिल १ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको मूल्य थोरै घटेको छ। डिजेल, मट्टितेल, हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

‘पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ४८ पैसा घटेको छ। डिजेलको हकमा प्रतिलिटर ०.०२ पैसा, मट्टितेल २२ रुपैयाँ ९ पैसा र हवाई इन्धन ४ रुपैया २३ पैसा बढेर आएको छ,’ निगमका सहप्रवक्ता पुस्कार कार्कीले भने, ‘ग्यासमा प्रतिसिलिन्डर २ सय ७३ रुपैयाँ ३८ पैसा बढेर आयो।’

कमेन्ट लोड गर्नुस