सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत २६ गते ‘अब धनगढी दौडिन्छ’

२०७८ चैत्र १८, ०३:०० खबर संवाददाता

धनगढीः ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ  धनगढी जेसिजले चैत २६ गते हाफ म्याराथुनको आयोजना गर्ने भएको छ। नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा ‘मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथुन’ आयोजना हुने भएको हो।

शुक्रबार धनगढी जेसिजले पत्रकार सम्मेलन गर्दै धनगढी हाफ म्याराथुन आयोजना गर्ने जनाएको छ। प्रतियोगिताका मुल संयोजक महेश्वर ओझाले धनगढी हाफ म्याराथुनलाई भव्य र सभ्य तवरले सम्पन्न गर्नका लागि तयारी भइरहेको बताए। यसैबीच, धनगढी हाप म्याराथुनलाई सुदूरपश्चिम खेलकुद परिषद्ले मुख्य प्रायोजन गरेको उनले बताए। विगतमा बैशाख १ गते आयोजना हुँदै आएको हाफ म्याराथुन यस वर्ष भने चैत २६ गते हुने भएको छ। 

जसमा खुल्ला दौड, कर्पोरेट मिडिया दौड, महिला, विद्यार्थी र ट्राई सार्ईकल गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजक धनगढी जेसीजका अध्यक्ष भुवन पाण्डेले बताए। खुल्ला दौड प्रतियोगितामा २१.५ किलोमिटरको रहने छ भने सो प्रतियोगितामा प्रथम हुनेलाई ५५हजार ५ सय ५५, द्धितिय हुनेलाई ३३ हजार ३ सय ३३ तृतीय हुनेलाई २२ हजार २ सय २२ नगद पुरस्कार दिईने आयोजकले जनाएको छ। 

कर्पोरेट मिडिया दौड, महिला र विद्यार्थीको सवालमा भने ५ किलोमिटरमा प्रतिस्पर्धा हुनेछ। जसमा प्रथम हुनेलाई ५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३ हजार ३ सय ३३ तृतीय हुनेलाई २ हजार २ सय २२ नगद पुरस्कार दिईने आयोजकले जनाएको छ। ट्राई सार्ईकलमा सहभागी सबै सम्मानसहित पुरस्कार दिइनेछ। रजिस्टे«सन शुल्क भने विद्यार्थीको हकमा टिसर्टसहित २ सय तोकिएको छ भने अन्यले ३ सय तिर्नु पर्ने आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस